तनहुँमा धारिलो हतियार देखाएर नगद चोरी गर्ने २ पक्राउ
तनहुँ | जेठ २, २०८०
तनहुँ: तनहुँमा सामान र नगद चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।
तनहुँ प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ पाँचधारे घर भई व्यास नगरपालिका–५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका–१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्ग बहादुर बिक रहेका छन् ।
पक्राउ परेका उनीहरुले वैशाख २९ गते राति म्याग्दे गाउँपालिका–१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका–१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ चोरी गरेका थिए ।
उनीहरुविरुद्ध उजुरीपरेपछि पक्राउ परेका थिए । उनीहरुको साथबाट चोरीका सामान र नगद बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि जिल्ला अदालत तनहुँबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

